विर्तामोड : झापाको  विर्तामोड ५ नयांबस्तीमा मुख्य कार्यालय रहेको  नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

आज शनिबार बिर्तामोडमा संस्थाको अध्यक्ष शुष्मा भण्डारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको कार्य समिति सदस्य विदुर खनालले स्वागत गरेका थिए । 

305819656_404755025065433_9201227541389840342_n 1

संस्थाको अध्यक्ष पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सह–सचिव शिवराज पौडेलले गरेका थिए । 

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक कमल खनाल, जिल्ला सहकारी संघ झापाकी सदस्य देवीमाया अधिकारी, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेत, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

306091527_1497494287356841_861085873626606876_n

२०६९ सालमा  ७७ जनाबाट संकलित ३ लाख ८५ हजार शेयरपूंजीबाट सूरु गरिएको संस्थामा हाल २ हजार ३ सय ६७ जना शेयर सदस्य रहेका छन । भने संस्थाको शेयर पुंजी हाल २ करोड ३७ लाख ६२ हजार पुगेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । 


संस्थाद्धारा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले   ९ करोड ४२ लाख ५६ हजार २८७ रुपैया निक्षेप संकलन गरेको छ । साथै संस्थाले  ३ करोड १५ लाख ६७ हजार ७९४ रुपैया ऋण लगानी गरेको छ । चालु आर्थिक बर्षमा  शेयर पुंजी थप गरि ३ करोड पु¥याउने लक्ष्य राखेको पनि संस्थाले जनाएको छ । 

305070358_1684233691950960_3382605455288633983_n 1

साथै कार्यक्रममा  ज्येष्ठ शेयर सदस्य , असल बचतकर्ता तथा असल ऋणीलाई पनि सम्मान गरिएको थियो ।   ज्येष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे, यमबहादुर बराइली, मुनुदेवी भण्डारी, विष्णुमाया घिमिरे, नरबहादुर कटुवाल, 

असल बचतकर्ता बेनुकुमारी यादव, महादेव राजवंशी , देवलोक चौधरी, ललिता दास, गायत्री राजवंशी, रमेशकुमार कार्की, 

असल ऋणी धु्रव श्रेष्ठ, अमा पुरी, संगिता कुमाल, सितादेवी भूजेल, तिलचन गिरी र  उत्कृष्ट कर्मचारी योगमाया दाहाललाई संस्थाको अध्यक्ष पौडेल र प्रमुख अतिथि सहकारी अधिकृत दाहालले सम्मान गरेका थिए । 

संस्थाको उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले औचित्य तथा संस्थाको गतिविधीमाथि प्रकाश पारेको कार्यक्रममा संस्थाका लेखासमिति संयोजक गणेशकुमार पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।