झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको  यहि भदौ ३१ गते जिल्ला अधिनेशन हुने भएको छ । राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा हुने कार्यक्रमलाई युवाहरुले चासोको रुपमा लिएको युवक संगठनका झापा अध्यक्ष राज कुमार चाम्लिङ राईले जानकारी दिए । 

चुनाव नजिकिंदै गर्दा हुन लागेको यो अधिवेशनको  महत्व वढाउन अध्यक्ष राईको संयोजकत्वमा ५०१ सदस्यीय समिति विस्तार गरिने जनाइएको छ ।  बिर्तामोडको आदर्श ब्याङकेटमा हुने कार्यक्रममा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले चुनावी तालमेल र आफ्ना भातृसंगठनलाई समसामयीक बिषयमा प्रशिक्षण सहित चुनाव केन्द्रित  बिषयमा सम्वोधन गर्ने बताइएको छ । 

झापा क्षेत्र नं ३ बाट पुःन आंदो मंसिर ४ गते तोकिएको प्रतिनिधि सभाको चुनावमा होमिएका लिङदेनलाई यो भन्दा अगाडि सहयोग गरेका युवाको भूमिकालाई मध्यनजर गर्दै केहि नयां काम पनि गर्ने बताइएको छ ।

साथै उनले  राप्रपा प्रदेश नं १ का अध्यक्ष राम थापा ,युवक संगठनका केन्द्रीय अध्यक्ष राजु लोहनी लगायतको पनि कार्यक्रममा उपस्थिति रहने युवक संगठनले जनाएको छ ।  जिल्ला अधिवेशनको लागी केन्द्रिय सदस्य दिपेस राई  गोरेको संयोजकमा आज

सोमबार विर्तामोडको पार्टी कार्यलयमा प्रचार प्रसार समिति गठन भएको छ भने झापा जिल्ला युवक संगठनको अधिवेशनलेनै आगामी कार्यकालको लागी  नयाँ नेतृत्व चयन  गर्ने राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले वताए ।