झापाको बिर्तामोडमा ‘कार्ज स्पा’सञ्चालनमा आएको छ । बिर्तामोडका  तीन जना युवा व्यवसायी अजित खनाल, अर्जुन चापागाईं र दीपक सुवेदीले आज बिहिबारबाट कार्ज स्पा सञ्चालनमा ल्याएका हुन् । 

स्पाको एक कार्यक्रमकाबिच नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री  वर्षा राउतले उद्घाटन गरेकी छन् । बुद्ध इन्टरनेशनल डिटलिङलले सञ्चालनमा ल्याएको  स्पामा कार तथा मोटरसाइकलको अन्तर्राष्ट्रिय स्तरको डिलाइटिङ गर्ने स्टुडियो हो । 

कार तथा मोटरसाइकलको डिटलिङ गर्ने कार्ज स्पा नेपालमा सन् २०१९ देखि सञ्चालनमा छ । बिर्तामोडको ‘कार्ज स्पा’ नेपालकै तेस्रो हो । 

कार्ज स्पाबाट गाडीको पुनस्र्थापना तथा संरक्षण गर्ने कार्य हुने र गाडीको लुक्सलाई ध्यान दिने गरिएको दाबी छ । 

 करिब १ करोडभन्दा बढीको लगानीमा ल्याइएको स्पामा  चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनलाई सर्भिस दिइने सञ्चालक अजित खनालले बताए । उनका अनुसार गाडीको सेराभिक गर्न इटहरी र काठमाडौँ जाने झञ्झट हटेको छ । 

20220915_121559(0)

कार्ज स्पामा तीन वटा प्याकेजमा चार पाङ्ग्रेलाई २७ हजारदेखि ३ लाखसम्म र दुई पाङ्ग्रेलाई १२ हजारदेखि ३८ हजारसम्मको सेवा शूल्क तोकिएको छ । आन्तरिक तथा बाह्य अवस्थाको ख्याल राख्ने कार्ज स्पाले गाडीलाई लामो समयसम्म चुस्त राख्ने दाबी गरिएको छ । यसलाई मर्मत सम्भारको सेवा पनि भनिन्छ ।  


नयाँ तथा पुराना गाडी कार्ज स्पाका लागि आउने बताउँदै अर्का सञ्चालक चापागाईले नयाँ गाडीका लागि क्रिस्टल सिल्ड सेरामिक कोटिङ र पेन्ट प्रोटेक्सन फिल्म तथा पुराना गाडीका लागि नयाँ अवस्थामा ल्याउनका लागि भरपर्दो सेवा रहेको जानकारी दिए । 

पछिल्लो समय गाडीको सौखले महँगा गाडी खरिद गरिए पनि अटो डिटलिङका बारेमा धेरैलाई थाहा नभएको अर्का सञ्चालक सुवेदीले बताए । उनका अनुसार महँगा गाडी किनेर घरमै गाडी धुने, भ्याकुम लगाउने र वास गर्ने गरिएको छ तर गाडीलाई चुस्त र सुन्दर राख्नका लागि कार्ज स्पा प्रभावकारी देखिएको दाबी गरिएको छ ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी,  कार्ज स्पा भारतका निर्देशकहरु अंकुर शर्मा, दीपम शर्मा, नेपालको प्रधान कार्यालयबाट तरुण अहुजा, स्वतीका राणा, इटहरी शाखाका बहत्तर लिम्बु, बिर्तामोड उद्योग बाणिज्य संघका

बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउत, जनप्रतिनिधि उमेश राउत, नेपाल चेम्वर्स अफ कमर्स झापा अध्यक्ष तथा केन्द्रिय सदस्य ओम बिमली, कमर्सका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रनित पुडासैनीले गरेका थिए ।