राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा मौलाएको भष्ट्राचार र कुशासन विरुद्ध डोजर चलाउने उद्धघोष गरेका छन् ।
अध्यक्ष लिङ्देनले काठमाडौं महानगरका मेयर बालेन शाहले पछिल्लो समय मिचिएका तथा अतिक्रमण गरि बनाएका संमरचनामा चलाएको डोजरको उदाहरण दिदै देशमा मौलाएको भष्ट्राचार र कुशासनका विरुद्ध राप्रपाले त्यसैगरी डोजर चलाउने बताएका ह्न् ।
लिङ्देनले शुक्रवार बिर्तामोडमा आयोजित राप्रपाको भात्रृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाको अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।
लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको बताए । देश विकासको नेतृत्व गर्ने अवसर पाए पनि उनीहरुले अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाई थियो ।
उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पु¥याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताएका हुन् ।
नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताउंदै उनले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे ।