झापा– प्रेस काउन्सिल नेपालले प्रदान गर्ने पुरस्कारका लागि झापाबाट तीनजना पत्रकार छनोट भएका छन् । काउन्सिलले शुक्रबार छनोटमा परेका पत्रकारको सूची सार्वजनिक गरेको हो ।
झापाबाट छनोटमा परेका पत्रकारमा अग्रज माधव विद्रोही, मायामितु न्यौपाने र प्रदीप परियार छन् । विद्रोहीलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
मायामितुलाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारका लागि छनोट गरिएको छ । परियारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिन लागिएको हो ।
असोज ६ गते काउन्सिलको ५३ औं वार्षिकोत्सवकाे अवसरमा उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ ।
काउन्सिलले झापाका तीनसहित विभिन्न १२ विधामा ५० जना पत्रकार र प्रेस काउन्सिलका पाँच जना कर्मचारी गरी ५५ जनालाई पुरस्कृत गर्न लागेको हो ।