नेकपा एमालेका अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाएको दाबी गरेका छन् । आइतबार बालकोटस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर भएपनि
प्रधानन्यायाधीशलाई सफाइ दिएको टिप्पणी गरेका हुन् । उनले महाअभियोग टुंगो नलाग्दै संसदको कार्यकाल सकिएकाले जवराले सफाइ पाएको बताए ।
अध्यक्ष ओलीले प्रधान्यायाधीशमाथि सत्ताको दुरुपयोग भएको आरोप समेत लगाए । उनले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने समेत जिकिर गरे ।