निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली जनतासँग आग्रह गरेकी छिन । जबराकी छोरी सुनिधिले आफूहरुको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै

बाँच्न पाउने आफूहरुको अधिकार सुरक्षित गर्न माग गरेकी हुन । आफूहरुलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्न समेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली जनताको साथ चाहिएको उनको भनाइ छ ।


सुनिधीले देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाई दिन उनको आग्रह गरिन ।सरकारले आफ्नो शक्ति देखाएर किन यस्तो अराजकता फैल्याएको छ ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको राणाको परिवारको भनाइ छ ।

छोराी सुनिधीले स्कुुलमा रहेको बच्चा ल्याउने नदिने, औंषधि ल्याउन पनि नदिने गरी प्रहरीहरु सरकारले परिचालन गरेको दुःखेसो समेत गरिन । सुनिधिका अनुसार स्कुलको बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।

यसैबीच, निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको बुझिएको छ । जबराको उपचारका लागि औंषधि ल्याउन समेत नदिएको परिवारको भनाइ छ ।