झापाको विर्तामोड ४, भद्रपुरोडमा केन्द्रयि कार्यालय रहेको जनशक्ति वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८÷०७९ मा पाँचलाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।

आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ. व. ०७८÷०७९ मा जनशक्ति साकोस ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

संस्थाको शनिबार विर्तामोडमा सम्पन्न आठौ साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हिमालय प्रकाश कन्दङ्वाले सो जानकारी दिएका हुन् ।

20220924_122812

संस्थाकै सभाहलमा आयोजित साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार आ. व. ०७८÷०७९ मा संस्थाले दुई करोड ५ लाख ४६ हजार ९३२ रपेइाँ आम्दान िगरेको छ भने दुई करोड एक लाख ४३ हजार ९३२ रुपैयाँ खर्च भएको छ । यस्तै शेयर पूँजी दुई करोड ४२ लाख  ५६ हजार पुगेको छ भने सात करोड ७९ लाख ७५ हजार ८१३ रुपैयाँ निक्षेप संकmन र लगानमिा रहिरहेको रकम १४ करोड १० लाख २९ हजार ६०६ रुपैयाँ रहेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।

२३३९ पुरुष, २९८९ महिला र ३२६ बाल वदस्य गर शेयर सदस्यको संख्या ५३२८ पुगेको छ । संस्थाले विर्तामोड, गोलधाप, सुरुंगाा, राजगढ, शनिश्चरे र चन्द्रगढबिाट आफ्ना सदस्यहरुलाई सहज ढंगले वित्तयि सेवा पुर्याइरहेको अध्यक्ष कन्दङ्वाको भनाइ छ ।

संस्थाका सचिव मणिराज दंगालले सञ्चालन गरेको साधारणसभाको प्रमुख अतिथिका रुपमा प्रदेश नं १ का कृषिमन्त्री झलक सिंह दर्लामीले उद्घाटन गरेका थिए ।

मन्त्री दर्लामीले शुभकामना मन्तव्य राख्दै सहकारहिरुलाई कृषिमा लगानी बढाउन आग्रह गरेका थिए । सहकार िसंस्थाहरुको तर्फबाट कर्णाली वचत तथा ऋण सहकार िसंस्थाका अध्यक्ष टसबहादुर प्रधानले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा विभिन्न सेवाकेन्द्रका उत्कृष्ट कर्मचारलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट वचतकर्ता, ऋणी, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बाल वचतकर्ताहरुलाई यसअघि नै इकाईगत रुपमा पुरस्कृत गरिएको जानकारी दिइयो ।

संस्थाले वचत तथा ऋणको कार्यक्रमसँगै सदस्यकेन्द्रित सुविधाका योजनाहरु पनि सञ्चालन गर्दै आएको छ । सदस्यहरुलाई उपचार सहयोगलयागत अन्य किसिमका राहतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको पनि अध्यक्ष कन्दङ्वाले बताए ।