विर्तामोड  : शिखर साकोस विर्तामोड ४ ले आफ्ना  सदस्यहरुलाई चाडपर्वको अवसरमा छुट सुविधा दिनको लागि विभिन्न व्यावसायहरु संग संझौता  गरेको  छ । 

चाडपर्वमा सामानहरुको मुल्य पनि बढि हुने हुंदा विर्तामोडमा रहेका अन्तराष्ट्रिय ब्राण्ड  तथा  चलेका व्यवसायिक संस्थाहरु संग शिखर  साकोसले आफ्ना सदस्यहरुको सुविधा कालागि  छुट सहितको  योजनामा संझौता  गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । 

 गुणस्तरिय सामान सुपथ मुल्यमा सदस्यहरुले पाउन भन्ने उदेश्य अनुरुप  संस्थाले चाडपर्वमा बढि किनमेल गरिने लता कपडा, जुत्ता चप्पल सहितका गुणस्तरिय उत्पादन रहेका कम्पनि संग सहकार्य गरेको संस्थाका अध्यक्ष राउतको भनाई छ ।

 संस्थाले सम्झौता गरेको कम्पनि केटिएम जिन्सको सिटी सेन्टरमा रहेको सोरुममा सामान खरिदमा २० प्रतिशत,  केल्मि कम्पनीको भद्रपुर रोडमा रहेको सोरुममा १० देखी  ३० प्रतिशत ,  इर्की कम्पनिको हनुमान सेन्ट्रलमा रहेको सोरुममा २०प्रतिशत , पिक कम्पनिको हनुमान सेन्ट्रलमा रहेको सोरुममा सामान खरिद गर्दा सदस्यले  २० प्रतिशत छुट पाउने जनाइएको छ ।   


त्यस्तै क्यालिवर सुजको शनिश्चरे रोडमा रहेको सोरुममा १० प्रतिशत ,  पुजाज कलेक्सनको काकडभिट्टा रोडमा रहेको सोरुममा ५ देखि १० प्रतिशत सम्म ,  ड्रिम्स किड्स कलेक्सनको मेघा कम्प्लेक्स स्थित सोरुममा सामान खरिद गर्दा  २० प्रतिशत छुट पाइने पनि जनाइएको छ  । 

इन स्टोर मेन्स वेयरको मेघा कम्प्लेक्स स्थित सोरुममा २० प्रतिशत, ,सालासार मेचिङ सेन्टरको सोरुममा १० प्रतिशत सम्म ,  हिल्स एण्ड टोइजको हनुमान सेन्ट्रलमा रहेको सोरुममा २०प्रतिशत र सुज पेराडाइज हनुमान सेन्ट्रलमा रहेको सोरुममा सामान खरिद गर्दा २०प्रतिशत सम्म छुट  उपलव्ध रहेने संस्थाले जनाएको छ ।

नजिकिंदै गरेको चाडपर्वमा विषेश गरेर लताकपडा र खाद्यान्न बढि  खरिद गरिने भएको हुदा कपडा पसल र खाद्यन्न पसलहरु संग बढि संझौता गरिएको संस्थाले जनाएको छ ।