कनकाई : स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले कनकाई नगरपालिकामा  कार्यालय स्थापना गरेको छ । समुहले कन्काई नगरपालिकाको कार्यालय अगाडी सम्पर्क कार्यालय खोलेको हो । उक्त कार्यालयको एक संक्षिप्त कार्यक्रमकाबिच शुक्रबार उद्धघाटन गरिएको छ ।  

कार्यक्रमका प्रमुख अतिथि  बरिष्ठ अधिबक्ता  हरि उप्रेती तथा स्वतन्त्र नागरिक कार्य सम्पादन समुह कन्काइका संयोजक शेरबहादुर थापाले संयुक्त रुपमा उक्त  कार्यालयको उद्घाटन गरेका हुन् । 

गत स्थानीयतहको चुनावमा स्वतन्त्रबाट कन्काइ नगरको मेयर पदमा उम्मेदवार रहेका शेरबहादुर उप विजेता भएका थिए । तीनै चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार कार्यालय स्थापना गरेको उनले बताए । 

20220930_114929

उनले चुनावी अभियानको समयमा जितेको खण्डमा नगरको कार्य सम्पादन सम्हाल्दै जनताको सेवा गर्ने र हारे प्रतिपक्षमा रहेर नगरले गरेका नकारात्मक गतिविधि प्रति खबरदारी गर्दै जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता अनुरुप कार्यालय स्थापना गरेको समुहका संयोजक थापाको भनाई छ । 

नगरमा हुने हरेक नकारात्मक काम र ढिलासुस्तीलाई खवरदारी गर्ने उदेश्यले नगरकै अगाडी समुहको कार्यालय स्थापना गरिएको थापाले बताए ।  

समुहका संयोजक शेरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत दिनानाथ खतिवडाले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि हरि उप्रेती, बिशिष्ठ अतिथि युक्त भेटवाल, चन्द्रमोहन उप्रेती, समुहका वडा नम्बर ६ का अध्यक्ष मेदनी बिमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

20220930_121510

सञ्चालन दीपक ओलीले गरेको कार्यक्रममा लक्ष्मी गुरुङ, पर्शुराम गिरी, समुहका वडा नम्बर १, ३, ४, ५, ६, ८ र ९ नम्बर वडाका अध्यक्ष, पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो । 


त्यसैगरी गरी समुहले कार्यालय उद्घाटन पश्चात सुरुङ्गा स्थित खानेपानीको सभाहलमा  वडा दशैको शुभकामना आदानप्रदानसहित उम्मेद्वार घोषणा गरेको छ ।  

स्वतन्त्र समुह झापा क्षेत्र नम्बर ४ बाट समुहका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि समुहका प्रदेश संयोजक समेत रहेका युक्त भेटवाललाई उम्मेद्वार घोषणा गरेको हो । समुह कन्काईका संयोजक थापाले भेटवाललाई प्रतिनिधि सभाकालागि उम्मेदवार बनाइएको घोषणा गरेका हुन् । 

समुहले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि भेटवाललाई उम्मेद्वार बनाएको हो । समुहका संयोजक शेरबहादुर थापाकै सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन दिनानाथ खतिवडाले गरेका थिए ।

कार्यक्रममा उम्मेद्वार भेटवालले मौलाएको भष्ट्रचार , ढिलासुस्ती सहितको नाताबाद र कृपाबादको अन्त्य गर्ने प्रतिबद्धता सहित आफुलाई मत हाल्न आग्रह गरेका थिए । कार्यक्रममा झापा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार रहेका स्वागत नेपालले पनि आफ्नो धारणा राखेका थिए ।