निमार्ण व्यवसायी संघ झापाले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

संघले शनिबार आफ्नै सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम संगै स्थानीयतह २०७९ मा निर्वाचित  जनप्रतिनिधिलाई सम्मान गरेको हो । 

संघको सदस्य समेत रहेका रोङ गांउपालिका इलामको अध्यक्षमा निर्वाचित    मणिकुमार स्याङ्बो र कमल गाउंपालिका वडा ३ को वडा सदस्यमा निर्वाचित एंगल गुरुङलाई सम्मान गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथि निमार्ण व्यवसायी संघ झापा श्रीमती समाजको प्रमुख सल्लाहकार भूमिका पोखरेल तथा विशेष अतिथि नेपाल निमार्ण व्यवसायी महासंघको उपाध्यक्ष मोहनप्रसाद अधिकारी तथा संघका झापा अध्यक्ष मिलनकुमार बस्नेतले उनीहरुलाई खादा, माला पहिराएर सम्मानपत्रद्धारा सम्मान गरेका हुन् । 

309646882_458660326288348_6293146782833714116_n

भाइचारा र सम्बन्ध प्रगाढ बनाउंदै स्थानीय सरकारसंग हातेमालो गर्दै संघ अगाडि बढ्छ भन्ने सन्देश प्रवाहकालागि पनि सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष मिलन बस्नेतले जानकारी दिए । 

त्यस्तै संघले संघको दुई कार्यकाल सम्हालेका पुर्व अध्यक्ष मोहन प्रसाद अधिकारीलाई पनि सम्मान गरेको छ । उनलाई संघले  नेपाल निमार्ण व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित भएको अवसरमा सम्मान गरेको हो । संघका अध्यक्ष मिलन बस्नेत तथा कार्यक्रमको प्रमुख अतिथि भूमिका पोखरेलले खादा, माला सहित सम्मानपत्रद्धारा उनलाई सम्मान गरेका हुन् । 

साथै सम्मानित अधिकारीले निमार्ण व्यवसायी संघ झापालाई नगद ७५ हजार रुपैंया आर्थिक सहयोग उपलब्ध गराएका छन् । कार्यक्रममा संघका अध्यक्ष मिलन बस्नेतलाई उनले उक्त रकम बराबरको चेक प्रदान गरेका थिए । 

संघका महासचिव पुष्पराज निरौलाले सञ्चालन  गरेको कार्यक्रममा स्वागत संघका प्रथम उपाध्यक्ष रमेश अधिकारीले गरेका थिए । 

कार्यक्रममा रोङ गाउंपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो , नेपाल निमार्ण व्यवसायी महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारी तथा प्रमुख अतिथि भूमिका पोखरेलले निमार्ण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तनकालागि आफैंले राम्रो काम गर्नु पर्ने धारणा राखेका थिए ।

उनीहरुले केहि निमार्ण व्यवसायीका कारणले बिग्रेको छबि सुधार गर्नकालागि संघ सहित सबैले आ–आफ्नो क्षेत्रबाट लागि पर्नु पर्ने धारणा राखेका थिए । विकास निमार्ण कार्यमा गुणस्तर र परिणामलाई सदैव निमार्ण व्यवसायीले आत्मसाथ गर्दै काम गर्नु पर्नेमा उनीहरुको जोड थियो ।