बिर्तामोड  : नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएसन नेल्टा झापाले बडादशैंको अवसर पारेर झापाका सामाजिक संघ÷संस्था र शैक्षिक सरोकारवालाहरुसँग शैक्षिक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

बिर्तामोडमा आयोजित कार्यक्रममा दर्जन बढी संघसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले नेल्टाको शैक्षिक कार्यक्रम गुणस्तरीय रहेको बताउँदै  सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, बिर्तामोड नगरपालिकाका नगरशिक्षा प्रमुख तिलचन भण्डारी, बुद्ध शान्ति गाउँपालिका शिक्षा प्रमुख कमल निरौला, प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, एनप्याब्सन झापाका मोहन आचार्य,  पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ

बिर्तामोड मिडटाउनका अध्यक्ष सुमन शर्मा जमरकट्टेल,  बिरता लेडी जेसिजका अध्यक्ष संगिता चिमरिया, सहारा नेपाल सहकारी संस्थाका लेखा संयोजक उपेन्द्रप्रसाद ओली, झापा इनर्जीका सुवास भट्टराई, फास्टट्रयाक एजुकेशन कन्सल्टेन्सीका खड्ग ताम्ली,

बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली,  इक्यान झापाका नविन शिवाकोटी, बृटिस एजुकेशन इन्स्टिच्युटका वत्सल भट्टराई, नाट्टाका नविन खरेल  हिमालय माबिका प्रधानाध्यापक द्रोणकुमार श्रेष्ठ, दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद

पाठक, कविशिरोमणि माबिका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी लगायतले आगामी दिनहरुमा नेल्टासँग आफ्नो क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

नेल्टा का केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराईले संस्थाको परिचय गराएका थिए भने स्थापना कालदेखि हालसम्म गरेका कार्यक्रम र गतिविधिहरु प्रस्तुत गरेका थिए।

सचिव टीकाप्रसाद सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य आशिष खड्काले स्वागत र उपाध्यक्ष केशव मैनालीले धन्यवाद ज्ञापन गरेका थिए।