श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापाले बलिप्रथा बिरुद्धको सचेतना मुलक कार्यक्रम गरेको छ ।
बिश्व अहिंसा दिवशको असवरमा आइतबार युवा परिषद झापाको समन्वयमा प्रारम्भिक समिति माइधाम सुरुङ्गामा बलिप्रथा बिरुद्धको सचेतना मुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सार्वनजनीक स्थल तथा मठ मन्दिरहरुमा निर्दोष प्राणीहरुको बलि चढाउने प्रथाको अन्त्य गर्नु पर्ने बक्ताहरुले धारणा
यस्ता प्रकारका प्रथाले बातावरण दुषित पार्ने भन्दै अन्त्य गर्नु पर्ने लगायतका विभिन्न बैज्ञानिक र ग्रन्थहरुको उदाहरण सहित साकाहारी अभियान्ता मातृका प्याकुरेल,सामाजिक अभियान्ता स्वागत नेपाल,युग पाठक,कोटिहोम समितीका सचीव एवम् कन्काइ घाट समितीका सचीव खेम प्रसाद सिवाकोटी,खरेल बंश प्रतिस्ठानका महसचिब,शिक्षासेवी श्री प्रसाद खरेल लगायतले बोलेका थिए ।
साथै युवा परिषद झापाले विजयादशमी, शुभ–दिपावली तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम पनि गरेको थियो ।
श्रीकृष्ण प्रणामी मन्दिर माइधाम सुरुङ्गामा आज आइतबार युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।
युवा परिषद नेपालका पुर्व अध्यक्ष तथा साकाहारी अभियन्ता मातृका प्याकुरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सत्सङ्ग सेवा परिषद झापाका अध्यक्ष मिलन कुमार बस्नेत , उपाध्यक्ष बिष्णु प्रसाईं, पुर्व अध्यक्ष समाजका संयोजक युवराज संग्रौला , बाइजुराज झापा अध्यक्ष मिरा अधिकारी ओलीले शुभकामना मनतब्य राखेका थिए ।
सचिव मोहन अधिकारीले संचालन गरेको कार्यक्रममा प्रा.स. अध्यक्ष निलम सिटौलाले स्वागत गरेका थिए । कार्यक्रममा युवा परिषद नेपालका सदस्य दिपक दाहाल,प्रदेश कोषाध्यक्ष दिपक शिवाकोटी,सदस्य केदार पाठक,झापाका उपाध्यक्ष सुरज सापकोटा लगायत
पदाधिकारी तथा सदस्यहरु तथा झापा जिल्ला अन्तर्गतका प्रा.स. का अध्यक्ष तथा पदाधिकारीहरु,माइधाम मन्दिरका अध्यक्ष भक्त प्रसाद संगौला,सुरुङ्गा टप्पु मन्दिरका अध्यक्ष इन्द्र प्रसाद उप्रेती,सत्संग सेवा परिषद झापाका महासचिव गिरिधर
कट्टेल,बाइजुराज केन्द्रिय सदस्य अस्मिता खनाल,प्रदेश सदस्य चन्द्रा पाठक,झापा सचीव मेनुका सिटौला संगौला,माइधाम इकाई अध्यक्ष इन्दिरा आचार्य मैनाली,झिलझिले अध्यक्ष ओम कुमारी संगौला लगायत स्थानीय सुन्दरसाथको उपस्थिति रहेको थियो ।