झापाको बिर्तामोड स्थित बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाको हल्दिवारी– ४ स्थित पाथीभरा सिद्धकाली पर्यटकीय परिषरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका छन् ।
प्रसाईले आइतबार बाजागाजा र झांकी सहित मन्दिरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका हुन् । प्रसाईले धार्मिक एवम् पर्यकटीय क्षेत्रको विकासमा आफुले सकेको सानो सहयोग गरेर आफ्नो कर्तब्य निभाएको बताए ।
दुर्गा माताको मुर्ति बिर्तामोड बजार क्षेत्र परिक्रमा गरेर सैनिकबजार , गोलधाप हुंदै मन्दिर स्थल लगिएको थियो । फुलपातीको साइत पारेर मुर्ति प्रतिस्थापन गरिएको विएण्डसीमा जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
यसअघि प्रसाईले इलामको पाथीभरा, चारआलीस्थित पाउँ पाथीभरामा दुर्गा माताको प्रतिस्थापन गरिसकेका छन् । त्यस्तै उनले अर्जुनधाराको भाङवारीस्थित विन्दावासिनीमा योगमायाको मुर्ति प्रतिस्थापन गरिसकेका छन् ।
विकासमा सहयोग गर्न धार्मिक र पर्यटकीय क्षेत्र महत्वपूर्ण हुने भन्दै दुर्गा माताको मुर्ति प्रतिस्थापन गरेको उनले जानकारी दिए ।
विकासका लागि मन्त्री सांसद नै बन्नु नपर्ने भन्दै प्रसाईले झापा क्षेत्र नं. ३ का जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, अस्पतालको अध्यक्ष इन्दिरा गिरी लगायतले बोलेका थिए । ।