नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी त्यागेको घोषणा गरेका छन् । रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने तयारीमा रहेका भुसाललाई पार्टीले टिकट नदिने निर्णय गरेपछि उनको यस्तो घोषणा आएको हो । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भुसालले पार्टी छाड्ने निष्कर्षमा पुगेको जनाएका छन् ।
उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत
नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको बताएका छन् । आगामी निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्।
उनी सिफारिस भएको क्षेत्रमा एमालेले राप्रपालाई सघाउने निर्णय गरेको छ । घनश्याम माओवादी समर्थनमा सोही क्षेत्रमा उम्मेदवार हुने तयारीमा छन ।