भारतको महाराष्ट्रस्थित नासिकमा शनिबार बिहान बस र ट्रक आपसमा ठोक्किँएपछि बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीपछि बसमा सवार ११ जनाको जलेर मृत्यु भएको हो ।

दुर्घटनामा ३८ यात्रु घाइते भएका छन् । बसमा आगलागी भएपछि अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।