बिराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका नरेशकुमार लाभले चुनाव चिह्न लाल्टीन पाएका छन् । बिराटनगर महानगरपालिका मोरङ क्षेत्र नम्बर ५ ख बाट प्रतिनिधिसभाकालागि उम्मेदवार रहेका लाभले आज बुधबार चुनाव चिन्ह लालटिन पाएका हुन् ।
सामाजिक अभियान्ता समेत रहेका लाभले सामाजिक न्याय र विकासकालागि आफुले काम गर्ने बताउंदै आएका छन् ।
मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनकालागि बिभिन्न राजनीतिक दल सहित स्वतन्त्र उम्मेदवारहरु चुनावमा होमिएका हुन् ।
लाभले कोभिडको समयमा समस्यामा परेका नागरिकलाई सहयोग समेत गरेका थिए । उनी सहितको टिमले तालिम केन्द्र चौक युवा कोभिड १९ एक्सन टिम गठन गरेर काम गरेका थिए ।