झापाको कन्काई नगरपालिका ३ मा स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले निर्वाचन प्रचारप्रसारको कार्यालय स्थापना गरेको छ ।
मंसिर ४ गते तोकिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनकालागि स्वतन्त्र नागरिक सम्पादन समुहले कार्यालय स्थापना गरेको हो ।
स्वतन्त्र समुहले स्थापनाको गरेको झापा क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन मुल समितिको सम्पर्क कार्यालयको उद्घाटन झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार युक्त भेटवालले आज बिहिबार एक कार्यक्रमकाबिच गरेका हुन् ।
लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र नागरिक समुहका उम्मेदवार चुनावमा होमिएका छन् । कार्यक्रममा समुहका संयोजक शेरबहादुर थापाले लौरो चिन्ह यस अघिनै अरुले दर्ता गरेर राखेको बताउंदै चुनाव सम्मकालागि सम्झौता गरेर लौरो लिइएको बताए । उनले १५ जना इन्जिनियरहरुले काठमाण्डौंमा बालेन शाहले लौरो चुनाव चिन्ह लिएर बिजयी हासिल गरे पश्चात दर्ता गरेर राखेको बताए ।
उम्मेदवार भेटवाल र उनीहरुबिच चुनाव सम्मकालागि सम्झौता गरेर लौरो चुनाव चिन्ह लिने सहमति भएको र त्यस पश्चात आ–आफ्नो ठाउंमा जान पाउंन भन्ने उदेश्यका साथ चिन्ह लिएको उनले बताए ।
स्वतन्त्र नागरिक कार्य सम्पादन समुहका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार नेताहरुले राजनीतिकलाई पेशा बनाइएको बताए ।
मुलुकमा बिभिन्न राजनीतिक दलका नेताले शाषन गरे पनि नागरिकले भने न्यायको अनुभुती गर्न नसकेको बताए ।
व्यवस्था बदलिए पनि नागरिकको अवस्था बद्लिन नसकेको बताउंदै उनीहरुले नागरिक र राष्ट्र सुधार गर्न स्वतन्त्र समुह जन्मिएको कार्यक्रममा उम्मेदवारहरुले उल्लेख गरेका थिए ।
भेटवालले अहिलेको रानीतिक अवस्थाले किसान, मजदुर चिन्तित रहेको बताउँदै युवाशक्ति बिदेशिने र बिदेशमै ज्यान गुमानु पर्ने बाध्यता भएको र त्यसता गतिविधि र बाध्यात्मक परिस्थितीको अन्त्यकालागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले त्यो सुधार गर्न पनि स्वतन्त्र समुहका उम्मेद्वालाई जिताउन आवश्यक रहेको बताए । भेटवालले हारजीत जे भएपनि स्वतन्त्र समुह मंसिर ४ गते पछि अझ लोकप्रिय बन्ने बताएका छन् ।
कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य (क) उम्मेद्वार होमप्रसाद गौतम र प्रदेश (ख) का उम्मेद्वार केशव बजगाईले आफ्नो प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन मुल समिति सचिव चन्द्रमोहन उप्रेतीले गरेका थिए ।