भद्रपुर : झापाको भद्रपुर–९ पहाँतुबारीस्थित नवप्रभात वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७८÷०७९ मा १७ लाख १२ हजार २२ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा शनिबार सम्पन्न संस्थाको ११ औं साधारणसभामा वार्षिक प्रतिवेदन पस्तुत गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद सापकोटा (सुरज)–ले सो जानकारी दिएका हुन् ।

प्रतिवेदन अनुसार ०७९ असार मसान्तसम्ममा संस्थाको कूल शेयरपूँजी ६७ लाख ८८ हजार एक सय रुपैयाँ पुगेको छ भने ३ करोड ६१ लाख २६ हजार ५७६ रुपैयाँ निक्षेप संकलन भएको छ । यस्तै लगानीमा रहेको ऋणको हिसाब ३ करो ७३ लाख सात हजार २४८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

nawa 1

संस्थाका अध्यक्ष सापकोटाकै अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । 

संस्थाका सहसचिव युवरा शिवाकोटी र व्यवस्थापक खगेन्द्र ढुंगानाले संयुक्त रुपमा सञ्चालन तथा उपाध्यक्ष दाताराम तिम्सिनाले स्वागत गरेको  साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट वचतकर्ता तथा ऋणी र कक्षा ८ र एसइईमा उत्तीर्ण सदस्य परिवारका विद्यार्थीलाई सम्मान गरेको थियो ।

उत्कृष्ट वचतकर्तातर्फ देवबहादुर रोक्का, राजन पराजुली र सम्झना सिलवाल तथा उत्कृष्ट ऋणी सावित्रा पोखरेल र सुखसरी राजवंशी सम्मानित भएका थिए । यसैगरी, कक्षा ८ मा छात्रतर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने पुहाँतु जनज्योति माविभद्रपुर ९ का सम्बन्ध कटुवाल र प्रज्ञा एकाडेमीका अभिषेक भट्टराई तथा छात्रातर्फ लिटल एञ्जल्स बोर्डिङ स्कूल मेचीनगरकी सन्ध्या घिमिरे,

एसइईमा छात्रतर्फ वीरेन्द्र मावि भद्रपुरका अर्विन थापा र छात्रातर्फ पुहाँतु जनज्योति माविकी विप्ती रेग्मी, कक्षा १२ मा जेभियर इन्टरनेशनल स्कूल काठमाडौंमा अध्ययनरत निश्मा ढुंगाना र प्रमिला चौहानलाई पुरस्कृत गरिएको थियो । 

समारोहमा प्रमुख अतिथि नगरउपप्रमुख कार्की, शिक्षासेवी विश्व थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।