बिर्तामोड  : झापाको बिर्तामोडमा आगामी कात्तिक ४ र ५ गते  ‘झापा उत्सव २०७९’ को आयोजना गरिने भएको छ ।  झापा फुटबल क्लबको आयोजनामा बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा ‘झापा उत्सव २०७९’ को आयोजना गरिएको आज आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । 

कोभिडका कारण लामो समयदेखि स्थगित हुँदै आएका  मनोरन्जनात्मक कार्यक्रम अवस्था सहज बन्दै गएपछि सांगीतिक कार्यक्रमसहितको झापा उत्सव गर्न लागिएको झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङगले जानकारी दिए । 

कार्यक्रमको मुख्य प्रायोजकका रुपमा यति ब्रुअरी रहेको छ । कार्यक्रममा मुख्य प्रायोजकका तर्फबाट शंकर लुइटेल, सह प्रायोजकका तर्फबाट पेरिविङक सर्भिस प्रालिका दिपेश घले, क्लवका मेनेजर प्रेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा  २ दिनको टिकट मूल्य एक हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । साथै कार्यक्रम  सम्पन्न गर्न  ६० लाख बढी खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।