जामुनखाडी : जामुनावारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार  पर्यटकीय क्षेत्रको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमवार (आज) समुहको हलमा साधरणसभा गरिएको हो । 

वनका   अध्यक्ष ख्यामराज सिटौलाको अध्यक्षता तथा  कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य भएको कार्यक्रममा स्वागत समुहको उपाध्यक्ष बिष्णुप्रसाद ओलीले गरेका थिए । 

कार्यक्रममा सरस्वती माबि र पञ्चकन्या प्राबिका बिद्यार्थीलाई प्रोत्साहनकालागि  नगदसहित स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । 

त्यसै कार्यक्रममा  सरला तामाङलाई  उत्कृष्ट कर्मचारी  र दुर्गादेबी ओलीलाई उत्कृष्ट उपभोक्ताको रुपमा सम्मान गरिएको थियो । साथै ओमनाथ भट्टराईलाई कदरपत्र प्रदान गरिएको थियो ।  

कार्यक्रममा समुहका कोषाध्यक्ष यशुनाथ अधिकारीले आर्थिक प्रतिवेदन, कार्यालय सचिव अम्बरबहादुर चौहान (मिलन) ले  बार्षिक अनुमानित बजेट प्रस्तुत गरेका थिए । 


 कार्यक्रममा नगर प्रमुख तथा प्रमुख अतिथि पोखरेल, कनकाई २ का वडाध्यक्ष बलराम राई, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत,  कनकाई वडा न १ कि  जनप्रतिनिधि निर्मला खड्का,  सम्मानित व्यक्तिहरुको तर्फबाट ओमनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन समुहको सचिब मनिता राई र सह–सचिव पुजन बाह्रकोटीले गरेका  गरेका थिए ।