झापा : सरकारले कात्तिक १ मा सार्वजनिक बिदा दिएको छ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै कात्तिक १ गते मङ्लबार सरकारले  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

  सोमबार आज एक विज्ञप्ति जारी गरी सरकारले बिदा घोषणा गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए । शताब्दी पुरुष जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।