झापा–मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले यसअघि सन् २०१५ मा पहिलो विश्व रेकर्ड कायम गरेका थिए ।

यसपटक शर्माले १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर विश्व कीर्तिमान रचेका हुन् । उनी यो विश्व कीर्तिमानको श्रेय आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् । शर्मालाई विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको वर्ल्ड बुक अफ रेकर्ड्स्को कार्यालय उपलब्ध गराएको छ । उनले त्यसलाई सार्वजनिक गरेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
शर्माले सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्व मा चिनाउँदै जाने शर्माले बताए ।