झापा । झापा क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता योगेन्द्र खनालले झापा ३ लाई कृषि हब बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
१० बर्षदेखि आफु कृषिमा संघर्षरत रहेको र किसानका समस्या आफुले राम्ररी बुझेकोले झापा ३ का किसमाललाई मल, उत्पादन र बजारीकरणमा सवैभन्दा अगाडी ल्याउने उम्मेद्वार खनालले बताएका छन् । उनले कृषि बजार ब्यवस्थापनमा पहल गर्ने र स्वरोजगारका बाटाहरुको मार्गचित्र तयार गर्ने बताएका छन् ।
युवा उम्मेद्वार खनालले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउने साथै मेची प्रादेशिक अस्पताललाई निजि अस्पताल सरह बनाउने र त्यहि अनुसारको स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको प्रतिबद्धतासमेत ब्यक्त गरे ।
६५ बर्षसम्म राजनीतिक गर्न पाउनु पर्ने वा ६५ बर्षपछि जनताको कुनैपनि प्रत्यक्ष तलबभत्ता लिन नपाउनु पर्ने साथै बिदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउनु पर्ने उनको भनाई छ ।
युवा नेता खनालले राजनीतिक दलले राष्ट्रघात, भष्ट्राचार, बलात्कार र बेथिति जस्ता कुरामा राजनीतिक गरेको आरोप लगाए । ‘हाम्रो समाज, हाम्रो एकता र नागरिकले पाउने अधिकार र न्याय’ उम्मेद्वार खनालले भने ‘त्यति मात्र होइन, यो माटोलाई पनि रुवाएका छन् ।’
उनले पिडाबाट उन्मुक्ति दिन र कानुनको दायरामा ल्याउनका निम्ति झापा ३ बाट उम्मेद्वारी दिएको बताएका छन् । उनले आफु भन्दा राम्रो मान्छे उम्मेद्वार भए आफुलाई होइन त्यस्तो ब्यक्तिलाई भोट दिनसम्म आग्रह गरेका छन् ।