मनकामना मन्दिर दर्शनका लागि पाल्पा बाट तिर्थयात्री लिएर जाँदै गरेको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी बाट गयराती राती तिर्थयात्री लिएर गएको लु ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका–२, मथारमा आज विहान दुर्घटना भएको हो ।

कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा भएको दुर्घटनामा मृत्युहुनेहरुमा दुई पुरुष र ३ जना महिला रहेका छन् । साथै दुर्घटनामा चालक र सहचालक सहित ३० जना घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा पाल्पाको रम्भा १ हुँगी बस्ने ४१ वर्षिय तारा विक, सोही स्थानका१७ वर्षिय विनय विक, ६२ वर्षिय धनी विक, ५८ वर्षिय देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका ९ बेलचौर बस्ने ४५ वर्षिय फुल मायाँ माझी रहेकी छिन । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चालक रामपुर ३ गण्डकी ढिकका दिल कुमार श्रेष्ठ, सहचालक रामपुर ५ बेझाँडका साजन श्रेष्ठ पनि घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायण घाट पठाईएको छ । बस सडक अनियन्त्रित भई कालीगण्डकी करिडोर बाट

झण्डै सय मिटर तल खसेको यात्रुहरुले बताएका छन । दुर्घटनाग्रस्त बस भीरमा अड्किएको छ । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि हिँडेका थिए ।