झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिएका युवा नेता योगेन्द्र खनालले चुनावी अभियानलाई तिब्र बनाएका छन् । उनले चुनावी घरदैलो अभियानलाई तिब्रता दिंदै झापा ३ लाई कृषि हब बनाउने योजना अघि सारेका छन् ।
लामो समय सम्म बिभिन्न राजनीतिक दलले मुलुकको नेतृत्व गरे पनि मुलुकले मुहार फेर्न नसकेको बताउंदै मुलुकमा बढ्दो भष्ट्रचार, बलात्कार र बेथिति जस्ता कुरालाई हटाउन पनि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
१० बर्षदेखि आफु कृषिमा संघर्षरत रहेको र किसानका समस्या आफुले राम्ररी बुझेको भन्दै किसानलाई आवश्यक पर्ने मल, उत्पादन र बजारीकरणमा जोड दिने बताउंदै उनले कृषि बजार ब्यवस्थापनमा पहल गर्ने र स्वरोजगारका बाटाहरुको मार्गचित्र तयार गर्ने बताएका छन् ।
खनालले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउने साथै मेची प्रादेशिक अस्पताललाई निजि अस्पताल सरह बनाउने र त्यहि अनुसारको स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको समेत मतदाता समक्ष बताउंदै आएका छन् ।
उनले पिडाबाट उन्मुक्ति दिन र कानुनको दायरामा ल्याउनका निम्ति झापा ३ बाट उम्मेद्वारी दिएको बताएका छन् । उनले आफु भन्दा राम्रो मान्छे उम्मेद्वार भए आफुलाई होइन त्यस्तो ब्यक्तिलाई भोट दिनसम्म आग्रह गरेका छन् ।