झापाको कनकाई नगरपालिकाले दुई पाङ्गे दुईथान बिद्युतीय सवारी साधन खरिद गरेको छ । ध्वनी प्रदुषण तथा पेट्रोलिय पदार्थ खपत कम गर्ने उद्देश्यले दुईथान बिद्युतीय साधन खरिद गरेको नगरपालिकाले जनाएको हो ।
नगरपालिकाले बिद्युतीय एक थान मोटरसाइकल र एक थान स्कुटर खरिद गरेको हो । नगरले ३ लाख ७९ हजारमा मोटरसाइकल र २ लाख ६५ हजारमा स्कुटर खरिद गरेको जनाएको छ ।

‘हाल विद्युत उत्पादनमा नेपाल आत्मर्निभर भए पनि उक्त विद्युतलाई सवारी साधनमा समय अनुकुल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन , नगरप्रमुख राजेन्द्र पाखरेल भन्छन्, त्यसकारण पनि हामीले पहिलो पटक यस्ता सवारी खरिद गरेका हौं ।’

_1736908732.jpg)
दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्चसँगै वातावरणीय असर पनि निम्त्याएको बताउंदै नगरप्रमुख पोखरेलले इन्धन बापतको खर्चलाई मितव्ययी बनाउन र वातावरण र ध्वनी प्रदुषण कम हुने भएकाले परीक्षणको लागि दुई प्राङ्ग्रे सवारी खरिद गरेको बताए ।
अहिले पहिलो चरणमा दुईवटा सवारी साधन भित्र्याएसँगै यसले खर्च कम हुने विश्वास नगरले लिएको नगर प्रमुख पोखरेलका स्वकीय सचिव बिजय पाठकले बताए ।

.