मेचीनगर : झापाको मेचीनगर नगरपालिका अन्तर्गत पर्ने झापा मार्ग कालो पत्रे हुने भएको छ । मेचीनगर ८ स्थित सरस्वती टोल हुँदै मेचीनगर १० धुलाबारी मावि जोड्ने १ं।५ किमी बाटोमा कालो पत्रे हुने भएको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचिनगरको आ।ब ०७९र८० को ससर्त बजेट बाट रू ३ करोड ६० लाखको लागतमा सो अधुरो बाटो कालोपत्रे हुने भएको हो ।
बिगत लामो समयदेखि सडक राम्रो नहुँदा सर्वसाधाराणले आवतजावतमा समस्या झेल्दै आइरहेका बताउँदै नगर प्रमुख बुढाथोकीले यस बाटोलाई प्राथमिकता दिँदै कालो पत्रेको कार्य अगाडी बढाएको बताए । दैनिक सयौंको संख्यामा आवतजावत गर्ने यस बाटोमा कालो पत्रे भएपछि नगरबासीलाई आवतजावतमा सहज हुने उनको भनाइ छ ।
नगरप्रमुख बुढाथोकीको नेतृत्वमा मेचीनगर पुर्बाधार विकास अध्यक्ष चित्र धिमाल, मेचीनगर ८,९ र १० नं वडाका वडाध्यक्षहरु गिरीराज धमला, कञ्चन तामाङ र नारायण खनाल लगायत नगरका प्राबिधिक, इन्जिनियर र स्थानीय सरकारवालाहरुको संयुक्त टोलीले नाप्ने काम सम्पन्न गरेको छ । अब चाँडै नै टेन्डर खुलाई सडक कालोपत्रेको काम यहि असार मसान्त सम्मा सम्पन्न गरिने जनाइएको छ ।