गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका छन् । बिहिबार रुपन्देहीमा आयोजित बृहत तरुण भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले लुकेर बसेको प्रतिगमनकारी शक्ति र राजावादी शक्तिहरु फेरी सल्बलाउन थालेको टिप्पणी गरेका हुन् ।

रुपन्देही–३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका खाँणले प्रतिगमनका बिरुद्ध उभिएका पाँच दलिय गठबन्धनले मात्रै मुलुकलाई अग्रगमनतर्फ लैजाने दाबी समेत गरे । गठबन्धनको लक्ष्य राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा लैजाने रहेको उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनबाट रुपन्देही ३ (क) का प्रदेश सभा उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे ।