झापा : मंसिर ४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरुको सुनवाई गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
लोकतान्त्रिक बाम–गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. २ का साझा उम्मेद्वार बनेका रानाले आदिवासी जनजातिको हक , अधिकार र पहिचानकोलागि प्राथमिकताका साथ काम गर्ने बताएका हुन् ।
आफु बिजयी भएको खण्डमा आदिवासी र जनजातीहरुको सांस्कृतिक, धार्मिक सहित पुःनर उत्थानकालागि काम गर्ने बताएका हुन् ।
नेपाल आदिबासी जनजाती महासंघ झापाले आज शनिबार बिर्तामोडमा आयोजना गरेको आदिबासी जनजातीहरुको अधिकार सम्बन्धमा उम्मेद्वारहरुको धारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अन्तरक्रियामा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य पदमा झापा २ (क) बाट उम्मेद्वार रहेका एकराज कार्की र प्रदेश (ख) बाट उम्मेद्वार बनेका चिन्तक पाठकले पनि आ–आफ्नो धारण राखेका थिए । उनीहरुले पनि आफ्नो मुद्धा र पहिचानलाई आत्मसाथ गर्दै देश विकासकामा लाग्ने धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ (ख) बाट साझा उम्मेद्वार बनेका खगेन्द्र मैनाली, लोसपाबाट झापा २ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार त्रिनारायण राजवंशी, प्रदेशसभा सदस्य पदका उम्मेद्वार शिव आचार्य, जसपाबाट
प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामसुफत कामती, मालेका प्रदेशसभा सदस्य पदका उम्मेद्वार बासुराम पौडेल,र दुर्गा दाहाललगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
सोही अन्तरक्रिया कार्यक्रमकाबिच किरात यायोख्या झापा अध्यक्ष गणेश राई र केवल राईको टोलीले साथै मेचे शिवियारी आफादले उपस्थित उम्मेद्वारहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका झापा सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।
महासंघ झापा अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षता तथा इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण पत्रकार दिपिन राईले गरेका थिए ।