झापा : झापाको बिर्तामोड २  स्थित चारपानेमा मुख्य कार्यालय रहेको देशकै नमुना सहकारीको रुपमा पहिचान बनाएको सहारा नेपाल साकोसले दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । 

संस्थाले आफनो सेवा केन्द्रका उपसमितिका पदाधिकारी हरूलाई दुई दिने अभिमुखीकरण तालीम प्रदान गरेको हो ।  संस्थाको केन्द्रीय कार्यालय चारपानेमा कार्तिक १८ र १९ गते  तालिम को आयोजना गरिएको थियो ।  

तालिममा  माई पूर्वका ९ वटा सेवा केन्द्र का ३६ जना उपसमितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो । 

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरी र सहनिर्देशक दिनेश बहादुर निरौला तथा नेस्फ्कुनका पुर्व सदस्य घनश्याम अधिकारीले सहजिकरण गरेको कार्यक्रममा   सहकारी उत्पत्ति बिकास, औचित्य तथा मुल्य र मान्यता तथा सिद्धान्त, सहकारीमा शुसासन , ऐन कानून, नीति नियम र सदस्य केन्द्रीयता , सहकारी मा नेतृत्व बिकास, पल्स अनुगमन प्रणाली तथा संस्थाको वित्तीय अवस्था बारे जानकारी गराइएको थियो । 

त्यसैगरी कार्यक्रममा संस्थाको  सेवाहरु बचत ,ऋण ,बिमा रेमिट्यान्स प्रविधि, सेवा केन्द्र उपसमितिको जिम्मेवारी तथा अधिकार बारेमा जानकारी गराइएको थियो । 


तालिम संयोजक मातृका सुवेदीले सेवाकेन्द्र उपसमितिले गर्नु पर्ने बार्षिक कार्यक्रमको खाकाको बारेमा जानकारी दिएका थिए ।  

तालिम समापन समारोहमा सहारा नेपाल साकोसका संचालक समितिका अध्यक्ष हरि बहादुर राजवंशी, संस्थाका निर्देशक लक्ष्मण खतिवडा लगायत ले तालिमको औचित्य र महत्व वारे प्रकाश पारेका थिए ।