झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र लौरो चुनाव चिन्ह लिएर उम्मेद्वार बनेकालाई जिताउन पूर्व बार एशोशिएसनका केन्द्रिय उपाध्यक्ष तथा बरिष्ठ अभिवत्ता हरिप्रसाद उप्रेतीले आग्रह गरेका छन् ।
आज शनिबार झापाको सुरुङ्गामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अधिबत्ता उप्रेतीले लौरौ चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् ।
प्रतिनिधिसभा पदमा उम्मेद्वार बनेका युक्तप्रसाद भेटवाल र प्रदेशसभा सदस्य पदको उम्मेद्वार रहेका केवश बजगाईलाई मतदान गर्न उनले क्षेत्र नम्बर ४ का जनतासंग आग्रह गरेका हुन् ।
अधिवत्ता भष्ट्राचारको अन्त्य, स्वास्थ्य र शिक्षा मौलिक अधिकारमा विभेदको अन्त्य, नेताको साटो नीतिको शासन, सवै दलको एउटै शासन, भूमिहिनलाई जमिन, बेरोजगारलाई काम, बिपन्नलाई सहयोगलगायतका प्रतिवद्धता पूरा गर्न स्वतन्त्रले मात्र सक्ने भएकाले जिताउन आवश्यक रहेको उनको भनाई थियो ।
चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार भेटवालले एक–संघीय संसदमा उपस्थित भएर राष्ट्रिय राजनीतिमा देखिएका विकृतिको विरोध गर्ने र सृजनात्मक बौद्धिक ढंगको बहस चलाउने बताएका छन् ।
उनले जनता र मुलुकप्रति उत्तरदायित्व लिने शक्तिको निर्माणमा ध्यान दिन आवश्यक रहेको भन्दै राष्ट्रिय स्वाधिनता, मुलुकको अखण्डता र सार्वभौमिकताको पक्षमा दर्बिलो रुपमा उभिने साथै राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने बताएका छन् । ‘वैकल्पिक राजनीतिक शक्तिहरुसँग सहकार्य गर्ने, झापा क्षेत्र नम्बर ४ अन्तरगतका जनताको समस्या समाधानका लागि सहयोगी र अगुवाका रुपमा काम गर्ने विकासमा भूमिका खेल्ने, कुरा माथिसम्म लैजान र हल गर्न पुलको काम गर्ने छु ।’ भेटवालले भने ।
उनले देशमा अहिले एमसीसी, एसपीपी लगायतका कार्यक्रमहरु मार्फत एकपछि अर्को तरिकाले विदेशी भित्र्याउने र नेपाललाई उनीहरुको खेल मैदान बनाउने काम भैरहेको बताउँदै त्यस्ता देशघाती कदमको सशक्त विरोध गर्ने र राष्ट्रघातलाई रोक्नका लागि भूमिका खेल्ने बताएका छन् ।
चुनाव प्रचारप्रसार समितिका संयोजक शेरबहादुर थापाले पनि चुनावी सभालाई सम्बोधन गर्दै स्वतन्त्रहरुको जित सुनिश्चित रहेको बताए ।
दलको कमीकमजोरी तथा सीमित स्वार्थका कारण स्वतन्त्र जन्मिएको बताए । थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेद्वार बजगाई, हाम्रो नेपाली पार्टी (लौरोका) प्रवत्ता रोहन कार्कीले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन चुनाव प्रचारप्रसार समितिका सचिव चन्द्रमोहन उप्रेतीले गरेका थिए ।