सुरुङ्गा : झापाको कनकाई नगरपालिकाले नगरक्षेत्रभित्र अनाधिकृत रुपमा निमार्ण गरिएका संरचना हटाउन शुरु गरेको छ । सुचना जारी गरेर त्यस्ता संरचना हटाउन अनुरोध गरे पनि सुनवाई नभएपछि नगरपालिका आक्रमक बनेको हो । यहि क्रममा  नगरले झापा रोडमा  सडक मिचेर बनाएको घर भत्काएको छ । 

घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर नहटाएपछि नगरले आफैं डोजर लगेर भत्काएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । 

सडक मिचेर मापदण्ड विपरीत बनाएको पदम प्रसाईको ४ तले घर अगाडीको भाग डोजर लगाएर भत्काएको नगरपालिकाले जनाएको छ । अनाधिकृत रुपमा निर्माण भएका घर तथा टहरा हटाउन नगरले गत असोज १४ गते ३५ दिने सूचना जारी गरेको थियो । उक्त

सुचनाको मिति शनिबार सकिए पनि घरधनीले अटेर गरेपछि नगरले आज आइतबार  भत्काउन शुरु गरेको नगर प्रमख पोखरेलका स्वकीय सचिव बिजय पाठकले जानकारी दिए ।   अनाधिकृत रुपमा बनेका संरचना हटाउन शुरु गरिएको अभियान नगरभर जारी रहने नगर प्रमुख  पोखरेलको भनाई छ ।  

नगरको बजार क्षेत्र ३ नम्बरमा ८८ वटा घरको लाछी अनाधिकृत रुपमा बनेका छन् । वडा नम्बर ३ का वडाध्यक्ष युवराज चम्लागाईका अनुसार दुई दिनको समय दिएर सम्बन्धीत धनीलाई हटाउन आग्रह गर्दै माइकिङ गरेर संरचना हटाउन आग्रह गर्ने र अटेर  गरे वडाले बल प्रयोग गरेर भएपनि हटाउने छ ।