बिर्तामोड  : बिर्तामोड उद्योग वाणिज्य संघका  उपाध्यक्ष सञ्जिव घिमिरेले संघले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।  आज सोमबार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै घिमिरेले वैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर व्यवसाय नै धरासय हुने अवस्थामा पुगे पनि संघले केहि नगरेको बताए ।

उनले  कोभिडका कारण धरासयी भएको व्यवसायीक क्षेत्र तथा मारमा परेका  व्यवसायीलाई संघले कुनै प्रकारको राहत दिन नसकेको बताए । 

व्यवसायीले मत दिएर आफुलाई संघको पदिय जिम्मेवारीमा पु¥याएको भए पनि काम गर्न नसकेको बताए । आफुलाई व्यवसायीको आवाज उठाउंदा संघबाटै असहयोग भएको आरोप लगाए ।  उपाध्यक्ष घिमिरेले भन गत असोज महिनादेखि निरन्तर व्यवसायीहरुका आवाज उठाउंदै आएको बताएका छन् ।  नेतृत्वले आफ्नो आवाज नसुनेपछि आफैं नेतृत्वको विरोधमा उत्रनु परेको उनले पत्रकार भेटघाटका क्रममा बताए ।