झापाको मेचिनगरमा एक दिने लागू पदार्थ तथा दुर्व्यसन बिरुद्धको सचेतना कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश न.१ जिल्ला कार्य समिति झापाको समन्वयमा तथा सत्सङ्ग सेवा परिषद तेलपानीको आयोजनामा आज सोमबार
मेचिनगर नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने लागू पदार्थ दुर्व्यसन बिरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
सत्सङ्ग सेवा समिति तेलपानीका अध्यक्ष कुलप्रसाद गड्तौलाको अध्यक्षतामा तथा मेचिनगर–३ का वडा अध्यक्ष हर्क बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा परिषद जिल्ला अध्यक्ष टहलदास ओली , विद्यालयकी प्रधानाध्यापक लिला मिजार,
युवा परिषद केन्द्रीय सदस्य मदन अधिकारी , प्रदेश अध्यक्ष अनिल ढुंगाना र सत्सङ्ग सेवा परिषद झापाका सदस्य बिमल पाण्डे लगायतले शुभकामना मनतब्य राखेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य हरि कोइराला , बाहुनडांगी सत्सङ्ग परिषदका अध्यक्ष बिमल पुरी , जिल्ला उपाध्यक्ष सुरज सापकोटा, कोषाध्यक्ष कुमार कार्की, सदस्यहरु कमल पौडेल, दाताराम तिम्सिना ,मनोज सुवेदी तथा त्यस स्थानका बुद्धिजीवी र समाजसेवीहरुको उपस्थितिमा मा.वि. कक्षामा अध्ययनरत १ सय भन्दा बढी विद्यार्थीहरु सहभागि थिए ।
कार्यक्रमका सहजीकरण चेतना नेपालका केन्द्रीय अध्यक्ष इन्द्र प्रसाद ओलीले गरेका थिए । लागू पदार्थ तथा दुर्यव्सन विद्यार्थी जीवनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारि रहेको बताउंदै यसले जटिल समस्या सृजना भएको जानकारी गराइएको थियो ।
कार्यक्रमको सन्चालन तेलपानी सत्सङ्ग परिषदका सचिव मातृका भट्टराईले गरेका थिए भने स्वागत मन्तब्य जिल्ला उपाध्यक्ष सुरज सापकोटाले गरेका थिए ।