मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बनेका  रुप्रप्रसाद गिरीले घरदैलो अभियान तिब्र पारेका छन् । 

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाकालागि उम्मेदवार रहेक रुद्रप्रसाद गिरीले  चुनावी प्रचारप्रसारलाई तिब्र बनाएका हुन् ।   घण्टी चुनाव चिन्ह प्राप्त गरेका उनी  पर्यावरणविद् समेत हुन् । उनी अहिले एक पटक मत बदलेर घण्टी चिन्हमा मतदान गर्न अपिल र आग्रह गर्दै  मतदाताको घर–घरमा पुगिरहेका छन् । 

312744233_831798728140932_4580516885856306945_n

निर्वाचन क्षेत्रमा संसद सदस्य सचिवालय राखिने, बन तथा वस्ती पर्यापर्यटन, रोजगारको लागि तालिम परियोजना, एकीकृत खोज अनुसन्धानशाला, पर्यावरणीय स्मार्ट सिटी तथा भिलेज परियोजनासहितका गर्न सकिने मात्र प्रतिवद्धता मतदाताको घरदैलोमा पुगिरहेको उनी बताउंछन् ।  

मुलुकमा बिभिन्न ठुला भनाउंदा दलहरुले देश हांके पनि विकास र सम्बृद्धि आउन नसकेको बताए ।  राजनीतिलाई पेशा नभइ मुलुक बनाउने मार्गको रुपमा अघि सार्नु पर्ने उनी बताउंछन् ।  

हाम्रालाई होइन राम्रालाई छान्नु पर्ने बताउंदै उनी जान्नेलाई छान्ने एजेण्डासहित निर्वाचन क्षेत्रमा होमिएका छन् । 

जिल्लाका सबै क्षेत्रमा शिक्षित तथा योग्य उम्मेद्वार पाटीले छनोट गरेको   राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेशकुमार खरेल बताउंछन् । भष्ट्राचार र बेथितिको अन्त्यकोलागि पनि राष्ट्रिय स्वतन्त्रपाटीलाई मत हाल्नु पर्ने उनी बताउंछन् ।