बिराटनगर : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश १ को आयोजनामा टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग (ग्यालीलियो) सम्बन्धी ४ दिने तालिम सुरु भएको छ ।
“सम्बृद्धि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल नारा साथ आज बुधबारबाट तालिम सुरु भएको हो । तालिम बिराटनगर स्थित एसिया टिक होटेलमा भइरहेको हो ।
नाट्टा प्रदेस १ का अध्यक्ष उदय कुमार श्रेष्ठको अध्यक्षतामा भएको जीविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना अन्तरर्गत आयोजित तालिमको उद्घाटन प्रमुख अतिथि उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ का पर्यटन समिति संयोजक भबिस कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
कोभिडका कारण पर्यटन क्षेत्रमा ठुलो असर पुगेको भन्दै दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव श्रीजना हुंदा समस्या भएपछि दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याउन तालिमको आयोजना गरिएको नाटा प्रदेश १ का अध्यक्ष उदय कुमार श्रेष्ठ बताउंछन् ।
पर्यटन क्षेत्रलाई सहयोग पु¥याउन नेपाल पर्यटन बोर्ड, युएनडिपी र नाट्टाको सहकार्यमा सबै प्रदेशमा एउटा एउटा यस्ता प्रकारको तालिम दिन लागिरहेको नाट्टा प्रदेश १ का महासचिव नबिन खरेलले जानकारी दिए ।
उद्धघाटन समारोहमा नाट्टाका केन्द्रिय सीईओ उत्तम देवकोटा, बाटाका अध्यक्ष फडिन्द्र अधिकारी, साउथ एसियन स्कुल अफ टुरिजम एंड होटेल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल देवराज श्रेष्ठ, विभिन्न कलेजका प्रिन्सिपल, टुर प्रोडक्ट डेभ्लपमेन्ट र टिकेटिंग तालिमका प्रशिक्षक तथा प्रदेश नं. १ का विभिन्न टुर एण्ड ट्राभल साथै बिभिन्न पर्यटन संग सम्बन्धित कलेजका प्रशिक्षार्थी तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
इटहरी, बिराटनगर लगायत प्रदेस १ का ६० जना प्रशिक्षार्थी हरुको तालिममा सहभागीता रहेको नाट्टाले जनाएको छ ।
नाट्टा प्रदेस १ का अध्यक्ष श्रेष्ठका अनुसार तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन र गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकहरुका लागि आवश्यक टिकट व्यवस्थापन गर्न सक्नेछन् ।
कार्यक्रमको संचालन नाट्टा प्रदेस १ का महासचिव नविन खरेलले गरेका थिए ।