विर्तामोड :  यही मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक– बाम गठबन्धन संयुक्त संयन्त्रबाट मतदानकेन्द्रमा खटिने एजेन्टहरुका लागि एकदिने प्रशिक्षण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर–२ प्रदेशसभा २ मा खटिने एजेन्टहरुलाई प्रशिक्षण दिइएको हो ।

लोकतान्त्रिक– बाम गठबन्धन संयुक्त संयन्त्र क्षेत्र नम्बर – २ निर्वाचन परिचालन समितिका संयोजक सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका शिवाकोटीले प्रोक्सी मतदान रोक्न एजेन्टको भुमिका महत्वपूर्ण हुने बताउँदै इमान्दारीपूर्वक कार्य गर्न आग्रह गर्नुभयो ।

मतपत्रमा मतदान अधिकृतको  सहीछाप भए– नभएको, स्वस्तिक छाप ठिक अवस्थामा छ वा छैन रु भन्ने बिसयमा एजेन्टले बिशेष जानकारी राख्नुपर्नेमा नेता शिवाकोटीले जोड दिनुभयो ।

संयुक्त संयन्त्रका सचिव सि। पि। कडरियाले  एजेन्टले मतदाताको पहिचान एवं सुरक्षा, बुथ कन्ट्रोल लगायतका बिसयमा चनाखो हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षकद्वय अर्जुन पाण्डे र अधिबक्ता अर्जुन अधिकारीले निर्वाचन प्रतिनिधि सम्बन्धि ब्यवस्था, मतदान केन्द्र  परिसरमा पालना गर्नुपर्ने आचारसंहिता लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

अशक्त, अपाङ्गता भएका ब्यक्ति, बृद्धअवस्थाका ब्यक्तिको हकमा मतदानको  ब्यवस्था लगायतका बिषयमा भएको कानुनी ब्यवस्था, पर्यवेक्षक, प्रेस, निर्वाचनमा खटिएका कर्मचारी लगायतले पालना गर्नुपर्ने आचारसंहिता एवं कानुनी ब्यवस्था लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

झापाको क्षेत्र नम्बर– २ अन्तरगत प्रदेशसभा ख मा ३० वटा निर्वाचन स्थल छन भने ८६ वटा निर्वाचन केन्द्र रहेका छन । यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ प्रदेससभा क अन्तरगत १९ वटा निर्वाचन स्थल र ६६ वटा निर्वाचन केन्द्र रहेका छन । यी मतदान केन्द्रमा एउटा दलबाट लगभग १५२ जना एजेन्ट खटाइनेछ्न ।

लोकतान्त्रिक बाम गठबन्धन संयुक्त संयन्त्र क्षेत्र नं–२, प्रदेशसभा–२ का संयोजक किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन हेमराज खरेल र जयकुमार दाहालले गर्नुभएको थियो । यसैगरी मिलन चापागाईले निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्नुभएको थियो ।