झापा : आगामी मंसिर ४ मा हुने निर्वाचनकालागि झापा क्षेत्र नम्बर ४ क बाट प्रदेशसभाकालागि उम्मेदवार बनेका झलकसिंह दर्लामीले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
चुनाव आउन केहि दिन अघि मात्र बांकी रहंदा दर्लामीले प्रचार प्रसारलाई तिब्रता दिंदै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
आफ्नो क्षेत्र सहित जिल्लाका किसानका समस्या नजिक बाट यस अघि कृषिमन्त्री हुंदा बुझेको भन्दै उनले यो पटक निर्वाचित भए किसानका समस्या हल गर्ने बताउंदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेश १ सरकारको कृषि मन्त्री समेत रहेका उनी आफु मन्त्री हुंदा धेरै काम गरेकाले पनि सहजै जित निकाल्ने बताउंछन् ।
किसानले बर्षेनी भोग्दै आएको मल, बिउ, सिंचाई र बजारको समस्यालाई हल गर्न र आफ्नो अधुरा योजना पुरा गर्न पनि आफु उम्मेदवार बनेको उनी बताउंछन् ।
झापा जिल्ला अण्ड भण्डारको हिसाबले अग्रणी जिल्ला पनि हो । उनीसंग नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका राधाकृष्ण खनाल चुनावी मैदानमा छन् ।