झापा : मंसिर ४ को निर्वाचनकालागि झापा क्षेत्र नम्बर १ बाट प्रत्यक्षबाट प्रतिनिधिसभाकालागि उम्मेदवार बनेका मुकुन्द दाहालले घरदैलो अभियानलाई तिब्र बनाएका छन् ।
चुनाव आउन केहि दिन मात्र बांकी रहंदा दाहालले आफ्नो घरदैलो संगै प्रचार प्रसारलाई तिब्रता दिंदै मतदाताको घरमा पुगिरहेका हुन् ।
उनी नेपालको लागि नेपाली पार्टीबाट प्रतिनिधिसभाकालागि उम्मेदवार बनेका हुन् । उनको चुनाव चिन्ह शंख रहेको छ । उम्मेदवार दाहाल युवा व्यवसायी तथा सामाजिक अभियान्ता समेत हुन् ।
आफ्नो क्षेत्र समस्या नजिक बाट बुझेको बताउंदै उनी यस पटक मत परिवर्तन गर्न आग्रह र अनुरोध गर्दै जनताको घरदैलोमा पुगिरहेका हुन् ।
नदि कटान तथा हात्ती नियन्त्रण तथा चिया मजदुरका समस्यालाई नजिक बाट बुझेको बताउंदै उनले आफुले जितेको खण्डमा सबैका समस्या हल गर्ने जनाएका छन् ।
किसानले बर्षेनी भोग्दै आएको मल, बिउ, सिंचाई र बजारको समस्यालाई हल गर्ने आफ्नो पहिलो प्राथमिकतामा परेको उनी बताउंछन् ।
भारत संग सीमा जोडिएको १ नम्बर क्षेत्रको हरेक समस्यामा लाई सुल्झाउन आफु सदैब प्रतिबद्ध रहेको पनि उनी बताउंछन् ।