नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनेको बताएका छन । आज झापा एकमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसंग नभएकाले डराएर गठबन्धन बनाएको दाबी गरेका हुन् ।

उनले नागरिकताका बिषयमा राष्ट्रपतिले राष्ट्रको पक्षमा काम गरेको जिकिर समेत गरे ।अध्यक्ष ओलीले चुनावपछि एमाले सरकारले आवश्यक कानून बनाएर एक महिनाभित्रै नागरिकता प्रदान गर्ने समेत उनले दोहो¥याए ।

अध्यक्ष ओलीले अब स्वार्थको गठबन्धन रोज्ने की सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्ने भन्ने फैसला निर्वाचनबाट हुनुपर्ने जिकिर गरे । राष्ट्रियता, स्वाभिमान कमजोर पार्नका लागि र देशको बिकास रोक्न धेरै षडयन्त्र भइरहेको भन्दै उनले मंसिर चारको निर्वाचनले यसको फैसला गर्नुपर्ने बताए ।

तालमेल गरेका स्थानमा एमालेले राप्रपालाई बिजयी गराउने भन्दै राप्रपाले पनि एमालेलाई जीत दिलाउने बताए ।