विश्व फुटबलको कुम्भ मेला विश्वकप फुटबल भोलीवाट कतारमा सुरु हुँदैछ । कतारले भोली भब्य समारोहविच विश्वकप फुटबल गर्न लागेको हो । विवादको मरुभूमीय आँधीबेरीको १२ वर्षपछि कतारमा विश्वकप सुरु हुन लागेको हो । विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने छन् ।

पहिलो खेल समूह ‘ए’ मा ६० हजार दर्शक क्षमताको अल बाएट स्टेडियममा आयोजक कतार र इक्वेडरबीच हुनेछ । फिफाले कतार विश्वकपको उदघाटन खेलका लागि इटालियन रेफ्री डेनियल ओरसाटोलाई चयन गरेको छ । यो अरबमा हुने पहिलो विश्वकप हो । उत्तरी गोलाद्र्धबाहिर हुने यो पहिलो विश्वकप हो ।

यससँगै विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव एक महिना चल्नेछ । साविक विजेता फ्रान्स समूह ’डी’ मा छ । तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया पनि छन । यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह ’ई’ मा स्पेन, जर्मनी र जापान छन् ।

लियोनल मेस्सीको टोली अर्जेन्टिना समूह ’सी’ मा रहेका छन् । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ’एच’ मा छ ।

यस समूहमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् । ब्राजिल समूह ’जी’ मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् । आयोजक कतार समूह ’ए’ मा पर्दा इंग्ल्यान्ड समूह ’बी’ मा छन् । विश्वकप डिसेम्बर १८ सम्म चल्नेछ ।