झापा : वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरुलाई सम्मान गर्दै झापामा कर सप्ताह सम्पन्न गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको सभाहलमा आज बुधबार आयोजित एक समारोहका बीच सर्वोत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।

विधागत रुपमा झापाका तीन, इलाम सेवा कार्यालयअन्तर्गतको एक र पाँचथर सेवा कार्यालयअनतर्गतको दुईवटा प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । 

समारोहमा इलामको फिक्कल उत्तम स्टोर सहित अन्य झापाको कनिष्का ओभरसिज प्रालि मेचीनगर, अम्बे भवानी प्लाई बोर्ड उद्योग विर्तामोड र ओम साई पाथिभरा हस्पिटल भद्रपुर सम्मानित भए भने  पाँचथरका शिव गौरी सप्लायर्स र ताप्लेजु बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरियो ।

20221123_092128

फिक्कल स्टोर्सका सञ्चालक उत्तम क्षेष्ठ, अम्बे भवानीका तर्फबाट सञ्चालक महेश चित्लांगिया, ओम साईका अध्यक्ष दिपक पोखरेल, शिव गौरीका तर्फबाट केदारजंग थापा र ताप्लेजुङ बहुउद्देश्यीयका तर्फबाट शारदा खतिवडालाई समारोहका प्रमुख अतिथि

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।  फिक्कल स्टोरले यो सातौं पटक सम्मानपत्र पाएको सञ्चालक उत्तम श्रेष्ठले जानकारी दिए । 

यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा करदाता सेवा कार्यालय इलामका नायव सुब्बा दिपक घिमिरे र आन्तरीक राजश्व कार्यालय भद्रपुरका कार्यालय सहयोगी बोजप्रसाद दुलाललाई नगद सहित पुरस्कृत गरिएको समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश

नं १ का अध्यष टिकाराज ढकाल, झापा उदोग संघका अध्यक्ष यमबहादु श्रेष्ठ, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कर अधिकृत भवानीप्रसाद दाहालले कार्यक्रमको सञ्चालन गरेका थिए ।