मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्रका सडकहरूलाई स्तरबृद्धि गर्दै धमाधम कालोपत्रे गर्न थालेको छ ।
नगरपालिकाको बजेटबाट प्रत्येक वडामा कम्तिमा २ किलोमिटर कालोपत्रे सड्क बनाउने योजना अनुसार नगरपालिकाले वडा नम्बर ८ स्थित दुर्गा मन्दिर पश्चिम निन्दा बाँधसम्मको बाटो कालोपत्रे गर्ने कार्य धमाधम भईरहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए ।
आफुहरूले यस बाटोको प्रत्यक्ष निगरानी गर्नुका साथै समय समयमा अनुगमन समेत गरिरहेको बताउँदै नगर प्रमुख बुढाथोकीले अब चाडैं नै यस बाटमा कालेपत्रे लगाउने कार्य सम्पन्न हुने बताए ।
नगरप्रमुख बुढाथोकी , उपप्रमुख मीना पोखरेल उप्रेती, १ नम्वर प्रदेश सभाका निवर्तमान प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर ८ का वडाध्यक्ष गिरिराज धमलालगायतको टोलीले आईतवार विहान स्थलगत अनुगमन गरेको छ ।
त्यस क्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीले कामको गुणस्तरका विषयमा नगरको प्राविधिक तथा निर्माण कम्पनिसँग जानकारी लिदैँ कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिए ।