बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पुलको अनुगमन गरीएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको टोलीले आज अनुगमन गरेको हो । पुल नहुँदा यस क्षेत्रका स्थानीयलाई वारीपारी गर्न असहज रहेको थियो । 

बिर्तामोड नगरपालिका वडा नम्बर ४मा रहेको एन।के कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार ३१९ रुपैंया ५९ पैसामा पुल निर्माणको ठेक्का पाएको छ । पुल  ९दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाईको बन्ने छ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र निर्माण भईरहेका विकास निर्माणका कार्यहरुको प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन गर्दै आएको छ ।