बिर्तामोड : बिर्तामोडको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले १३ औँ वार्षिक साधारणसभामा सञ्चारकर्मी सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
वार्षिक साधारणसभाको अवसर पारेर आज सोमबार बिर्तामोड स्थित आर्दश व्याङ्क्वेटमा भएको एक कार्यक्रमकाबिच एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूज पोटलका सम्पादक न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनाल तथा संस्थाका अध्यक्ष नविन खरेलले सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।
त्यस्तै, संस्थाले नियमित बचत गर्ने श्रवणकुमार नायकलाई उत्कृष्ट बचतकर्ता, आशा खतिवडालाई उत्कृष्ट उद्यमी, सोनिया उप्रेतीलाई उत्कृष्ट बाल बचतकर्ताका रुपमा सम्मान गरेको
थियो ।
साधारणसभाकै अवसर पारेर संस्था अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु बजार प्रतिनिधि मुना खड्का र कार्यालय कर्मचारी भूमिका घिमिरेलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै, संस्थाका अध्यक्ष नविन खरेलले आफ्नी आमा स्वर्गीय नरमाया खरेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय नरमाया खरेल स्मृति शिक्षा पुरस्कारबाट कक्षा ४ का विनोद किस्कू र कक्षा ६ मा पढ्ने दिपिका राजवंशीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कोषकी अध्यक्ष उषा थपलिया खरेलले उनीहरुलाई एक शैक्षिकसत्रको आवश्यक सामग्री प्रदान गरेकी थिइन् ।
संस्थाका अध्यक्ष खरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ असार मसान्तसम्म शेयरपुँजी १ करोड २२ लाख ३७ हजार ४०० रुपैयाँ र शेयर सदस्य १ हजार ५५० जना रहेका छन् । त्यस्तै कर्जा लगानी ३ करोड ७२ लाख १६ हजार ५३२ रुपैयाँ २२
पैसा, कुल कारोवार ४ करोड ५८ लाख १८ हजार ८३ रुपैयाँ ३२ पैसा रहेको छ भने खुद नाफा ६ लाख ९४ हजार १४४ रुपैयाँ २५ पैसार रहेको छ । संस्थाले बिर्तामोडमा बिराट–अर्जुन सहकारी पसलसम्म सञ्चालन गरेको छ ।
अध्यक्ष खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष खनाल ,बिर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहाल , बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा , राष्ट्रिय सहकारी बैंक बिर्तामोडका प्रमुख विवेक डाँगीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष यादवकुमार ओलीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।
संस्थाले १३ औँ साधारणसभाको अवसर पारेर आजैबाट आधिकारिक मोबाइल एप्स सार्वजनिक पनि गरेको छ । अब संस्थाको सबै काम मोबाइलबाटै गर्न सकिने एप्स निर्माता प्रथम आइटीका लोकप्रिय खनालले जानकारी दिए ।