नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएसन (नेल्टा) झापाको आयोजनामा ‘महिला अंग्रेजी शिक्षक सम्मेलन २०२२’ हुने भएको छ ।
नेपालमै पहिलो पटक झापाको बिर्तामोडमा सम्मेलनको आयोजना गरिएको (नेल्टा) झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले आज सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।
अध्यक्ष भट्टराईका अनुसार आगामी सम्मेलन मंसिर २३ र २४ गते हुने छ । प्रेरणा, नेतृत्व र प्राविधिक शिक्षण मार्फत महिला अंग्रेजी शिक्षकहरुलाई सशक्तिकरण गर्ने उदेश्यले ‘महिला अंग्रजी शिक्षक सम्मेलन २०२२’ आयोजना गरिएको बताइएको छ ।
सम्मेलनमा झापाका तीनसय वढी महिला शिक्षिकाको सहभागीता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेल्टाकी अध्यक्ष प्रो.मोतिकला सुब्वा देवान, सल्लाहकार हेमन्तराज दाहाल, बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्टलगायत बक्ताको रुपमा रहने अध्यक्ष भट्टराईले बताए ।
जिल्लाका सामाुदायिक, निजि तथा अंग्रेजी बिषय पढाइरहेका जुनसुकै महिला शिक्षकहरुले सम्मेलनमा सहभागीता जनाउन सक्ने नेल्टा झापाका उपाध्यक्ष केशव मैनाली बताए । कार्यक्रममा नेल्टा झापाको सचिव टिकाप्रसाद सुवेदी, सदस्य केशव उप्रेती, प्रकाश पराजुलीलगायतको उपस्थिति रहेको थियो ।