विर्तामोड : वीरता लेडी जेसीजको अध्यक्षमा संगिता गिरी चयन भएकी छन् । सन २०२३ का लागि अध्यक्षमा गिरी सर्वसम्मत चयन भएकी हुन् । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा मेनुका ओली लोहनी र अर्चना खड्का राउत चयन भएका छन् ।
जेसीजको पद हस्तान्तरण पश्चात मात्र नयाँ अध्यक्ष गिरीले कार्यभार सम्हाल्ने छिन् । त्यस्तै उपाध्यक्षमा क्रमश मुना ढुंगेल, प्रियङ्का उप्रेती, प्रभा राया कार्की र श्रेयासि चौधरी चयन भएका छन् ।
त्यस्तै आइतबार भएको सभाले सहसचिवमा कोपिला पोखरेल सिटौला, जनसम्पर्क अधिकारीमा रोजिना पाण्डे, तालिम संयोजकमा चन्द्रकला रिजाल भट्टराई र शाखा सम्पादकमा दिपा शिवाकोटी लुईटेललाई सर्वसम्मत चयन भएका छन् ।
जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने पदहरु कानूनी सल्लाहाकार, महासचिव र कोषाध्यक्षमा समेत नवनिर्वाचित अध्यक्ष गिरीले मनोनयन गरेकी छन ।
बर्ष सन २०२३ का लागि कानूनी सल्लाहाकारमा युनिता दवाडी, महासचिवमा निषा शाक्य र कोषाध्यक्षमा सुमित्रा बस्नेत भट्टराईलाई अध्यक्ष गिरीले मनोनित गरेकी हुन् ।
अध्यक्षमा चयन भएकी गिरी यस अघि वीरता लेडीको विभिन्न पदमा बसेर काम गरिसकेकी छन् । जेसीजमा एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै बस्न पाउने व्यवस्था छ भने अंग्रेजी बर्ष अनुसार एक बर्षको कार्यकाल हुनेछ ।