सन्तोष न्यौपाने÷झापा 

झापाको बिर्तामोडमा खुलेको पाँच तारे होटल द किङ्स वेरी आन्तरीक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।  २ अर्ब बढीको लगानीमा सुविधा सम्पन्न क्यासीनो सहितको पाँचतारे होटल द किङ्स वेरी सञ्चालनमा आएसंगै अहिले आन्तरीक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।  

आन्तरीक संगै बङ्गलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको बिर्तामोड १ भगवान चोकमा युवा व्यवसायी तथा समाजसेवी प्रकाश गौतमले पाँचतारे होटल सञ्चालनमा ल्याएका हुन् । 

king pic

मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन र यस क्षेत्रमा स्तरीय होटल नहुंदा धेरै आन्तरीक तथा बाह्रय पयर्टकहरु अन्यन्त्रै गएर बस्नु पर्ने बाध्यताको अन्त्यकालागि पनि पूर्वमा पाँचतारे होटल सञ्चालनमा ल्याइएको सञ्चालक गौतम बताउंछन् ।

चन्द्रगढी विमानस्थलबाट १४ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा अवस्थित होटल किङ्स वेरीमा हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुल, बार र रुफ टम रेस्टुरेन्ट, ग्रीन गार्डेनगायत सुविधा छन् । अब  चाँडै नै क्यासीनो सञ्चालन गर्ने तयारी छ । 

अहिले एक सय बढीले रोजगारी पाइरहेको होटलमा क्यासिनो सञ्चालन भएपछि ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा ८५ वटा बढी सुविधासम्पन्न कोठाहरु छन् ।  सबै बर्गका ग्राहकलाई मध्यनजर गरेर शुलभ मुल्यमा हरेक कुरामा सुबिधा प्रदान गरेसंगै ग्राहक पनि होटल प्रति आकर्षित हुन थालेका हुन् ।  

hooo