सन्तोष न्यौपाने÷झापा 

 निर्माण व्यवसायी संघ झापाले १५ औं राष्ट्रिय निर्माण दिवस २०७९ को अवसरमा आज बिहिबार बिर्तामोडमा रहेको तारा नमस्ते बाल ग्रामका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । 

बिर्तामोड नगरपालिका–४मा रहेको उक्त बालआश्रमलाई निमार्ण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत सहितको टोलिले आश्रममै पुगेर किताब बोक्ने ब्याग तथा कपी र डटपेन वितरण गरेको हो । 

आश्रममा रहेका २७ जना बालबालिकालाई निमार्ण व्यवसायीहरुको टोलीले ब्याग , कपी र डटपेन वितरण गरेको हो । 

प्रत्येक बर्ष निमार्ण दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको बताउंदै संघका अध्यक्ष मिलन बस्नेतले निमार्ण व्यसायीले नाफामुखि मात्र काम गर्ने नभई समाजप्रति उत्तरदायित्व पनि बहन गर्ने बताए । 

दाताहरुको सहयोगमा सञ्चालित आश्रममा रहेका बालबालिकालाई पढाइमा सहजता प्रदान गर्न संघले थोरै भए पनि सहयोग प्रदान गरेको अध्यक्ष बस्नेतको भनाई छ । 

आश्रमका अध्यक्ष नारायण पोखरेल र यसोदा पोखरेल चापागांईले संघले गरेको सहयोग प्रति आभार सहित धन्यवाद प्रकट गरेका थिए । उनीहरुले केहि बर्षदेखि विद्यार्थीकालागि ब्यागमा पैसा खर्च गर्नु नपरेको बताएका थिए । 

साथै संघका अध्यक्ष मिलन बस्नेतले ११ सय  तथा निमार्ण व्यसायी गंगा गौतमले पनि ११ सय नगद विद्यार्थीको दिवा खाजाकालागि सहयोग गरेका थिए । 

महासंघले प्रत्येक वर्ष मंसिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ । सोहि क्रममा जिल्लामा रहेका संघले पनि सोहि अनुसार कार्यक्रम गर्दै दिवस मनाउंदै आएका छन् । 

संघका सचिव योगेन्द्र खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका द्धतिय उपाध्यक्ष कुमार उप्रेती, तृतिय उपाध्यक्ष कृष्णप्रसाद प्रसाई, सह–कोषाध्यक्ष सिताराम ढुङ्गेल, सदस्य प्रकाश कुमार सिंह, हिमाल सिटौला, गँगा गौतम, निर्मल खरेल, कार्यालय सचिव ज्योति पौडेल लगायतको उपस्थिति रहेको थियो ।  

sahayog pic news